
काठमाडौंको थापाथलीमा मंगलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत गरिएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए ।
खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको थियो ।
पाइप फुटेको थप कारणबारे अध्ययन भइरहे पनि प्रारम्भिक रूपमा पानीको चाप धेरै भएकाले फुटेको हुनसक्नेअनुमान गरिएको छ ।