१० असार २०८३, बुधबार

एमाले मोरङको नयाँ नेतृत्व चयन गर्न मतदान

फागुन २१, २०८१
विराटनगर
एमाले मोरङको नयाँ नेतृत्व चयन गर्न मतदान

नेकपा (एमाले) मोरङको नयाँ नेतृत्व चयन गर्न मतदान शुरू भएको छ । बिहान साढे ९ बजेदेखि मतदान शुरू भएको हो । साँझ ४ बजेसम्म मतदानको समय राखिएको एमालेले जनाएको छ ।   

निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले एक पटकमा २० जनाले मतदान गर्ने व्यवस्था मिलाइएको बताए । 

null

१६५ सदस्यीय जिल्ला कमिटी चयनका लागि राजकुमार ओझा र अजम्बर राईको नेतृत्वमा प्यानल बनेको छ । दुवै प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।

ओझाको प्यानलबाट उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, दुई उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी उम्मेदवार छन् ।

null

इतर समूहबाट अध्यक्षको उम्मेदवार अजम्बर राई हुन् । उनको नेतृत्वमा उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिव द्वयमा सन्तोष बान्तवा र उषा झा उम्मेदवार रहेका छन् ।

मनोनयन दर्ता गरेका ३ सय २५ जना मध्ये ७१ जना सदस्यहरू भने निर्विरोध निर्वाचित भइसकेको जनाइएको छ । ५ पदाधिकारीसहित ९४ पदका लागि १ सय ९१ चुनावी मैदानमा कायम रहेका छन् ।

null

 

salt training

कमेन्ट गर्नुहोस्