१२ असार २०८३, शुक्रबार

रिङ्कु सदायको बलात्कार र शङ्कास्पद मृत्यु घटनाका मुख्य आरोपित पक्राउ

फागुन २१, २०८१
काठमाडौं
रिङ्कु सदायको बलात्कार र शङ्कास्पद मृत्यु घटनाका मुख्य आरोपित पक्राउ

सिरहा । नवराजपुर गाउँपालिका– १ की १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदायको सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनाका मुख्य आरोपित रूपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ । 

घटना लगत्तै फरार भएका मण्डललाई सिरहा नगरपालिका–१७ स्थित दशगजा क्षेत्रबाट आज दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द पासवानले जानकारी दिए । 

 उनका अनुसार आरोपित मण्डललाई आजै जिल्ला अदालतबाट दुई दिनको म्याद थप गराई थप अनुसन्धान सुरू गरिएको छ । यस सम्बन्धमा बिहीबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्