१६ असार २०८३, मंगलबार
एमडीएमएस भ्रष्टाचार मुद्दा

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय झा र खनाल भ्रष्टाचार मुद्दामा दोषी ठहर, कर्मचारीलाइ सफाइ

फागुन २२, २०८१
काठमाडौं
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय झा र खनाल भ्रष्टाचार मुद्दामा दोषी ठहर, कर्मचारीलाइ सफाइ

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रकरणमा मुछिएका उनीहरुलाई बिहीबार विशेष अदालतले १३ महिना कैद सजाय समेत सुनाएको छ।

न्यायाधीशत्रय टेक नारायण कुँवर रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले बिहीवारउनीहरुमाथि जनही ५ करोड ८० लाख १४,८२८ जरिवाना समेत हुने फैसला गरेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दिपेश आचार्य, सुरेन्द्र हाडा र फ्रिक्वेन्सी, सेवा गुणस्तर तथा सेवा प्रवाह अनुगमन शाखाका उपनिर्देशक अच्युतानन्द मिश्रलाई प्रतिवादी बनाइएको थियो । त्यसैगरी, प्राधिकरणका योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक संदिप अधिकारीलाई प्रतिवादी बनाइएको थियो ।

प्राधिकरणका स्तरीकरण महाशाखाका निर्देशक मिनप्रसाद अर्याल, आर्थिक प्रशासन शाखाका सहायक निर्देशक विजय कुमार राय यादव , ग्रामीण दूरसञ्चार विकास शाखाका उप-निर्देशक बिनोद चन्द्र श्रेष्ठ, अनुमतिपत्र शर्त अनुगमन शाखाका उपनिर्देशक सूर्य प्रसाद लामिछाने, फ्रिक्वेन्सी वितरण तथा व्यवस्थापन शाखाका सहायक निर्देशकद्वय प्रतिक्षा पौडेल र निराजन कोइरालालाई पनि प्रतिवादी बनाइएको थियो ।

अख्तियारले ९१ करोढ ९८ लाख ३० हजार ८८२ रुपैंया विगो मागदावी गरेको थियो । साथै मोवाईल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली स्थापनाका नाममा हालसम्म खर्च भएको २३ करोड २० लाख रुपैंया जरिवाना असुल्नुपर्ने समेत अख्तियारको दावी थियो ।

अख्तियारले एमडीएमएस उपकरण खरिदमा संलग्न कम्पनीहरु मलेसियाको न्यूमेरा कम्पनी, नमस्ते ग्लोबल सिंगापुर, ओएसआई डिजिटल इण्डिया विरुद्ध पनि मुद्दा दायर गरेको थियो ।
उसले न्यूनमेराका अध्यक्ष मोहम्वद नुर अमिन विन मोहम्वद नुर खान, वार्तामा संलग्न मोहम्वद शिहाव विन कुन्ही मोहम्वद, चिफ अपरेसन अफिसर अनुज सिंह, प्रडक्ट स्पेसलिष्ट जमील अमिदविरुद्ध पनि भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्