१० असार २०८३, बुधबार
दुर्घटना

शंखरापुरमा अनियन्त्रित टिपर टहरोमा ठोक्कियो, तीन जनाको मृत्यु

फागुन २३, २०८१
काठमाडौं
शंखरापुरमा अनियन्त्रित टिपर टहरोमा ठोक्कियो, तीन जनाको मृत्यु

काठमाडौंको शंखरापुर​ नगरपालिका-६ साँखुस्थित एउटा टहरोमा टिपर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई शुक्रबार बिहान युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको टहरोमा ठोक्किएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार टहरोमा ६१ जना बस्दै आएका थिए । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए, जसमध्ये तीन जनाको ज्यान गएको हो । 

ज्यान गुमाउनेमा अन्दाजी २१ वर्षीय आकाश र सुमन, यसैगरी अन्दाजी ४५ वर्षीय हरिजन रहेका छन् । उनीहरूको वास्तविक पहिचान भने थाहा छैन । यी नाम पनि संस्थाले राखेको हो । 

दुर्घटनामा घाइते भएका उनीहरूको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिहान ४:३० बजे मृत्युको एसपी बोहराले जानकारी दिए । 

उनका अनुसार प्रहरीले टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ का २५ वर्षीय सागर माझीलाई नियन्त्रणमा लिएको छ। यसबारे थप अनुसन्धान भैरहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्