१० असार २०८३, बुधबार

बेलौरीका वडाध्यक्ष रिजालको निधन

फागुन २४, २०८१
कञ्चनपुर
बेलौरीका वडाध्यक्ष रिजालको निधन

बेलौरी नगरपालिका–३ का वडाध्यक्ष सीताराम रिजालको गएराति निधन भएको छ । फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा निधन भएको हो ।
 
आज दिउँसो १० बजेदेखि ११ बजेसम्म उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा राखिने भएको छ । दिउँसो बेलौरीको भकुण्डास्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने रिजालका परिवारजनले जनाएका छन् । 

विसं २०७९ को स्थानीय तहको निर्वाचनमा रिजाल वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनकी श्रीमती डिलकुमारी रिजालको विसं २०७९ मा निधन भएको थियो । 

रिजालको निधनबाट नगरपालिकाले महत्त्वपूर्ण व्यक्ति गुमाएको नगर उपप्रमुख जोगराम चौधरीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्