
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवन बदल्ने अभियानमा सबै राजनीतिक दल केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ ले सुरु गरेको विपन्न नागरिक सहयोग कार्यक्रमको शनिबार उद्घाटन गर्दै उनले विपन्न वर्गको उत्थानका निम्ति काम गर्नु सबै राजनीतिक दलको दायित्व भएको बताए ।
समजावादका लागि जनताको आर्थिक सामाजिक रुपान्तरण अनिवार्य भएकाले कम्युनिस्ट पार्टीहरू त्यसलाई हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा अध्यक्ष प्रचण्ड नेतृत्वको टोली शनिबार रौतहट पुगेको हो ।