१३ साउन २०८३, बुधबार

भायानेटले ल्यायो ‘साम्बा प्याक’, के छन् विशेषता ?

फागुन २४, २०८१
काठमाडौं
भायानेटले ल्यायो ‘साम्बा प्याक’, के छन् विशेषता ?

इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ। 

चर्चित नेपाली महिला राष्ट्रिय फुटबल टोली खेलाडी सावित्रा भण्डारी (साम्बा)बाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको, भरपर्दो र किफायती सेवाका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

साम्बा प्याकअन्तर्गत ५०Mbps, १०० Mbps, २०० Mbps र ३०० Mbps इन्टरनेट योजना उपलब्ध छन्। विशेष रूपमा १०० Mbps वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन्। १०० Mbps को मूल्य ८,५०० (कर सहित) बाट शुरू हुनेछ।

भायानेट साम्बासँगको सहकार्यमा गर्व महसुस गर्छ, जसको प्रेरणादायी करियरले उनलाई महिला फुटबलमा चर्चित नाम बनाएको छ। उनको समर्पण, दृढता, र उत्कृष्टता ‘साम्बा प्याक’का मुख्य मूल्यहरू- गति, शक्ति र भरपर्दोपनको प्रतिविम्ब रहेको कम्पनीले जनाएको छ । 

यो सहकार्य कम्पनीको महिला खेलकुदप्रति प्रतिबद्धता र उच्च गुणस्तरीय इन्टरनेट सेवाको प्रतिबद्धतालाई झल्काउने एउटा महत्त्वपूर्ण उपलब्धि हो। यो सेवा आइतबार (मार्च ९ मा) सार्वजनिक गरिँदैछ।

थप जानकारी भायानेटको वेबसाइटबाट लिन सकिने बताइएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्