१० असार २०८३, बुधबार

समुन्नत राष्ट्र निर्माणमा सरकार अगाडि बढिरहेको छः मन्त्री राई

फागुन २४, २०८१
रसुवा
समुन्नत राष्ट्र निर्माणमा सरकार अगाडि बढिरहेको छः मन्त्री राई

रक्षामन्त्री मानवीर राईले देशको बृहत्तर हित र समुन्नत राष्ट्र निर्माणका लागि सरकारले सबै खाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताएका छन् । 

आज यहाँ रेडियो लाङ्टाङ एफएमले आयोजना गरेको मारुनी नाच प्रतियोगितामा उनले समृद्ध नेपाल निर्माण गर्ने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने बताए । 

मन्त्री राईले कला संस्कृतिको संरक्षण र संवर्द्धन गर्न आवश्यकता रहेको भन्दै  आफ्ना कला संस्कृतिको संरक्षण गर्दै भावी पुस्तासम्म पु¥याउन एफएमले गरेको प्रयास सराहनीय भएको बताए । 

मन्त्री राईले देश विकासका लागि शिक्षा नै अपरिहार्य भएकाले भावी सन्ततिलाई गुणस्तरीय उच्च शिक्षा हासिल गराउने वातावरणका लागि सहयोग गर्न सबैलाई आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्