१७ असार २०८३, बुधबार

मन्त्रालयको संख्या घटाएर १०–१२ बनाउनुपर्छ : थापा

फागुन २५, २०८१
सिन्धुली
मन्त्रालयको संख्या घटाएर १०–१२ बनाउनुपर्छ : थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आकार सानो बनाउनुपर्ने बताएका छन् । कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं १ सिन्धुलीको प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सङ्घीय सरकारको मन्त्रालय सङ्ख्यालाई घटाएर १०–१२ वटा मात्र बनाउनुपर्ने बताएका हुन् । 'मन्त्रालयको सङ्ख्या धेरै हुनु समस्या हो, सरकार सानो बनाउनुपर्छ,' उनले भने । 

महामन्त्री थापाले सङ्घमा संसदीय व्यवस्था उपयुक्त रहेको तर, प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रणाली लागू गर्नुपर्ने बताए । उनले भने, 'प्रदेशमा मुख्यमन्त्रीलाई प्रत्यक्ष निर्वाचित गर्ने र अधिकतम पाँच मन्त्री राख्न दिने व्यवस्था गर्नुपर्छ,' उनले भने । 

प्रदेश सरकारलाई आर्थिक र प्रशासनिक रूपमा अधिकारसम्पन्न बनाउनुपर्नेमा उनले जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्