०९ असार २०८३, मंगलबार

डडेल्धुरामा तरकारीको ‘हाइब्रिड’ बीउ उत्पादन गरिँदै

फागुन २५, २०८१
डडेल्धुरा
डडेल्धुरामा तरकारीको ‘हाइब्रिड’ बीउ उत्पादन गरिँदै

डडेल्धुरामा तरकारीको ‘हाइब्रिड’ बीउ उत्पादन शुरू गरिएको छ । डडेल्धुरास्थित तरकारी जर्मप्लाज्म सम्बर्द्धन तथा बीउ उत्पादन केन्द्रले यस वर्षबाट बिउ उत्पादन शुरू गरेको हो । 

मूल बीउ उत्पादन गर्ने उद्देश्यका साथ विसं २०४३ सालमा स्थापना भएको केन्द्रमा पहिलोमूल बीउसँगै श्रृजना जातको टमाटर र मधु जातको काक्राको  उत्पादन शुरू गरिएको केन्द्र प्रमुख तारिसिंह ठकुराठीले जानकारी दिए ।

यस वर्ष टमाटरको बीउ १० देखि १२ किलोग्रामसम्म र काक्राको बीउ १० देखि १२ केजीसम्म उत्पादन हुने अनुमान गरिएको र उत्पादन भएको बीउ स्थानीयस्तरका साथै सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा बिक्रीवितरण गर्ने योजना रहेको उनले बताए ।

सुदूरपश्चिममा पहिलो पटक उत्पादन शुरू गरिए पनि अन्य प्रदेशमा भने सरकारी फार्ममा हाइब्रिड बीउ उत्पादन भइरहेको केन्द्र प्रमुख ठकुराठीले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्