०५ साउन २०८३, मंगलबार

यूएईमा नेपालीले मादक पदार्थ खाएर झगडा गर्न थालेपछि दूतावासले गरायो सचेत

फागुन २५, २०८१
काठमाडौं
यूएईमा नेपालीले मादक पदार्थ खाएर झगडा गर्न थालेपछि दूतावासले गरायो सचेत

संयुक्त अरब इमिरेट्समा विभिन्न पेशा र व्यवसायमा रहेका नेपालीले केही समयदेखि मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको भन्दै दूतावासले सचेत गराएको छ । 

यसरी मादक पदार्थ सेवन गरी झैझगडा गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी कारबाहीसहित नेपाल फिर्ता पठाउने गरेको भन्दै दूतावासले समयमै सचेत रहन यूएईमा कार्यरत नेपालीहरूलाई सचेत गराएको छ । 

‘सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा सधैं सभ्य र शिष्ट व्यवहार प्रदर्शन गर्न, आफ्नो पेशा र व्यवसायप्रति सधैं इमान्दार, कर्तव्यनिष्ट र अनुशासित भई कार्य गर्न नेपाली राजदूतावास सबैमा हार्दिक अनुरोध गर्दछ’, दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।  

जथाभावी मादक पदार्थ सेवन गरी झैझगडा गरेको र आवासीय कानून पालना नगरेकै कारण निर्वासन (Deport) हुने नेपालीहरूको संख्यामा वृद्धि भए‌को दूतावासले जनाएको छ । यसबाट व्यक्ति स्वयंको शारीरिक, मानसिक र पारिवारिक रूपमा समेत असर पर्ने गरेको हुँदा सजग रहन दूतावासले अनुरोध गरेको छ । 

साथै, सेवाग्राहीले दूतावाससमक्ष कुनै समस्या वा गुनासो प्रस्तुत गर्नुपरेमा दूतावासका सम्बन्धित अधिकारीसमक्ष सभ्य, शिष्ट र मर्यादित भई आफ्ना समस्या निवेदन गर्न समेत राजदूतावासले अनुरोध गरेको छ । 

‘तसर्थ, यूएईमा रहदा यहाँको ऐन, कानून, नियम र मूल्य मान्यताको पूर्ण पालना गरी सोही अनुरूप आचरण र व्यवहार गर्नुहुन र कानूनी रूपमा निषेध गरिएका क्रियाकलापहरूमा संलग्न नहुन’, दूतावासको अनुरोधमा भनिएको छ, ‘ट्राफिक नियमको पालना गर्न, साथै आफ्नो इमिरेट्स परिचय पत्र सधैं साथमा लिएर हिड्नु हुन समेत यूएईमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई राजदूतावास हार्दिक अनुरोध गर्दछ ।’

null
 

salt training

कमेन्ट गर्नुहोस्