१७ असार २०८३, बुधबार

मेचीनगर गोल्डकप : उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने

चैत १, २०८१
झापा
मेचीनगर गोल्डकप : उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने

काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ ।

फाइनल खेलअघि शुक्रबार काँकडभिट्टाको खेलमैदानमा भएको संयुक्त पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । 

मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख नगद पुरस्कारसमेत पाउनेछन् । खेल अवधिभरको उत्कृष्ट खेलाडीले रु ५१ हजार, सर्वाधिक गोलकर्ताले रु २५ हजार, उत्कृष्ट गोलकिपर र प्रशिक्षकले जनही रु २१ हजार र उदीयमान खेलाडीले रु १५ हजार पुरस्कार पाउने आयोजक समितिका असचिव राजु कार्कीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्