०४ असार २०८३, बिहीबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

चैत ४, २०८१
काठमाडौं
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

धनुषा, मोरङ र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-२ ज १ स ३४८७ नम्बरको ई-रिक्सालाई स १ च १३९२ नम्बरको एम्बुलेन्सले आइतबार दिउँसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ई-रिक्सामा सवार धनुषा लक्ष्मीनिया गाउँपालिका-७ कुम्हरौरा बस्ने २४ वर्षीय अर्जुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको   हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, मोरङको सुनवर्षी नगरपालिका-१ कमलपोखरीमा ना ४ ख ८८४३ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने राजकुमार परियारकी छोरी ९ वर्षीया सन्जु परियारको आइतबार दिउँसो मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मदन भण्डारी अस्पताल उर्लाबारीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, कैलालीको गोदावरी नगरपालिका-५ मा सुपप्र ०१-००९ प १२५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक बर्दगोरीया गाउँपालिका-४ बस्ने ३२ वर्षीय राजेन्द्र सुवेदीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्