१० असार २०८३, बुधबार

मोरङको धनपालथानस्थित मुस्लिम बस्तीमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

चैत ५, २०८१
विराटनगर
मोरङको धनपालथानस्थित मुस्लिम बस्तीमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

मोरङको धनपालथान गाउँपालिकाको कदमा मुस्लिम बस्तीमा आगलागी हुँदा जलेर दुई जना बालबालिकाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाका अनुसार उनीहरूको पहिचान भने भएको छैन । 

आगलागीबाट ६/७ घर जलेका छन् । आगलागी अझै जारी रहेको उनले बताए । 

नियन्त्रणका लागि स्थानीय, दमकल र प्रहरी खटिएको मोरङ प्रहरीले जनाएको छ ।

साना छाप्रा घर र परालको माचसमेत घरकै छेउमा रहेकाले आगोले उग्ररूप लिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्