
शेयर बजारको निरन्तरको गिरावट मंगलबार पनि कायम रह्यो ।
पछिल्ला ११ मध्ये १० दिन घटेको नेप्से परिसूचक मंगलबार ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा कायम भएको छ ।
अदर सेक्टरमा सामान्य वृद्धि भए पनि अन्य सबै समूहमा नेप्सेकै अनुपातमा गिरावट आयो ।
मंगलबार ८६ कम्पनीको शेयर मूल्य बढ्दा १५२ वटाको मूल्य घट्न पुग्यो । ५ वटामा कुनै परिवर्तन भएन ।
कारोबार रकम पनि खुम्चिएर ४ अर्ब ३४ करोडमा सीमित भएको छ ।