०९ साउन २०८३, शनिबार

‘ज्ञानेन्द्र शाहलाई राजा, पूर्वराजा होइन एबोलिस्ड मोनार्की या लास्ट किङ अफ द कन्ट्री भनौं’

चैत ६, २०८१
काठमाडौं
‘ज्ञानेन्द्र शाहलाई राजा, पूर्वराजा होइन एबोलिस्ड मोनार्की या लास्ट किङ अफ द कन्ट्री भनौं’

नेपालमा गणतन्त्र स्थापना हुनुभन्दा अगाडि २०६५ जेठ १४ गतेसम्म नेपालको राजा रहेका ज्ञानेन्द्र शाहलाई के भनेर सम्बोधन गर्ने भन्नेबारे नेपालमा बहस भइरहेको छ । राजतन्त्र पक्षधरहरू ज्ञानेन्द्र शाहलाई ‘राजा’ नै सम्बोधन गर्छन् । 

फागुन २५ गते काठमाडौंको विमानस्थलबाहिर गरिएको स्वागतमा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजाधिराज’ सम्बोधन गरिएका ब्यानर/पोस्टर प्रदर्शन गरिएका थिए । नेपाली कांग्रेसका एक नेताले ज्ञानेन्द्रलाई ‘राजा’ नै सम्बोधन गर्ने बताएका थिए । 

ज्ञानेन्द्रलाई राजा कि पूर्वराजा के भन्ने भनेर बहस चलिरहेको समयमा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधिले ज्ञानेन्द्रलाई नेपालका अन्तिम राजा भनेर सम्बोधन गर्न उपयुक्त हुने धारणा राखेका छन् । 

‘राजा भन्ने कि पूर्वराजा भन्ने बहस भइरहेको छ । रिजेक्टेट राजा, एबोलिस्ट मोनार्की या लास्ट किङ अफ द नेपाल पनि भन्न सकिन्छ । जसरी प्रथम राष्ट्रपति रामवरण यादव हुनुहुन्छ भने नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह’ निधिले बुधबरा प्रतिनिधिसभा बैठकमा भने । 

संसद् सम्बोधनका क्रममा निधिले गणतन्त्रको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिहरू एकठाउँमा रहेको बताए । ‘राजतन्त्रको अन्त्य हुने बेलामा राजाहरूको दुर्गति हुन्छ हेक्का राखून् । हामीले नेपाली जनताले धैर्यता, सहनशीलता र सम्मान दिएको छ, त्यो सीमालाई पार गर्नु हुँदैन । म सचेत गराउन चाहन्छु’, निधिने भने ।

salt training

कमेन्ट गर्नुहोस्