
पोखराको पृथ्वीनारायण क्याम्पसमा मंगलबार स्थगित स्वतन्त्र विद्यार्थी युनियनको चुनाब आउने चैत १० गते हुने भएको छ ।
निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विभिन्न संघ, संगठन, प्यानल र स्वतन्त्र उम्मेदवारसमेतको बुधबार बसेको सर्वपक्षीय बैठकले स्थगित स्वतन्त्र बिद्यार्थी युनियनको चुनाब आउने चैत १० गते बिहान आठ बजेदेखि गर्ने निर्णय गरेको हो ।
घोषित नयाँ निर्वाचन तालिका अनुसार चैत ७ गते राती १२ बजेदेखि मौन अवधि शुरु हुने निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए । साथै, निर्वाचनका लागि विभिन्न कार्य क्षेत्रको जिम्मेवारीमा रहेका प्राध्यापक र कर्मचारीहरु यथास्थानमै जिम्मेवारी रहेको निर्वाचन समितिले जनाएको छ ।