२५ जेठ २०८३, सोमबार

मूल्यबृद्धि भयावह छ भन्न मिल्दैन– ओली

चैत ७, २०८१
काठमाडौं
मूल्यबृद्धि भयावह छ भन्न मिल्दैन– ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बजारमा मूल्यबृद्धि भयावह छ भन्ने अवस्था तथ्याङ्कले नदेखाउने दाबी गरेका छन् । महंगी नियन्त्रणको नारा लोकप्रिय भए पनि मूल्यबृद्धि अस्वाभाविक नभएको उनको भनाइ छ।

प्रतिनिधिसभामा बिहीबार भएको प्रश्नोत्तर कार्यक्रममा रास्वपा सांसद विन्दावासिनी कंशकारले सोधेको प्रश्नको जवाफमा ओलीले मूल्यबृद्धि ग्लोबल फेनामेना (विश्वको परिदृश्य) भएको टिप्पणी गरेका हुन् ।

‘मूल्यबृद्धि ग्लोबल फेनामेना पनि हो, महंगी बढ्दै गएको छ । यथास्थितिमा मूल्य बसेको हुँदैन– चाहे, जग्गा जमिन होस् या भान्सामा प्रयोग गर्ने सामान । हामीले आफ्नो जीवनमा पनि भोगेका छौं । अनुचित ढंगले मूल्यबृद्धि हुनु हुँदैन । अस्वाभाविक ढंगको मूल्यबृद्धि हुनुहुँदैन,’ ओलीले भने, ‘म सानो हुँदादेखि नै मूल्यबृद्धि नियन्त्रण गर भन्ने नारा सुनिरहेको छु, लोकप्रिय हुन्छ ।’

ओलीले अस्वाभाविक मूल्यबृद्धि नियन्त्रणमा सरकार सजग रहेको बताए । ‘पछिल्लो ७ महिनाको मुद्रा स्फितिले मूल्य बृद्धिको अवस्थालाई देखाउँछ, यसमा भयावह अवस्था छ भन्न मिल्ने अवस्था देखिँदैन,’ ओलीले भने ।

salt training

कमेन्ट गर्नुहोस्