१० असार २०८३, बुधबार

स्लोभाकियाको झुपडी बस्तीमा आगलागी, ४ बालकसहित ५ जनाको मृत्यु

चैत ७, २०८१
काठमाडौं
स्लोभाकियाको झुपडी बस्तीमा आगलागी, ४ बालकसहित ५ जनाको मृत्यु

पूर्वी स्लोभाकियाको एक झुपडी बस्तीमा आगलागी हुँदा चार बालबालिकासहित ५ जनाको मृत्यु भएको छ । 

उद्धार सेवा र स्थानीय अधिकारीहरूले बताएअनुसार राजधानी ब्रातिस्लाभाबाट करिब तीन सय किलोमिटर उत्तरपूर्वमा रहेको पूर्वी स्लोभाक शहर प्रेसोभ नजिकैको भेल्की सारिस बस्तीमा आगलागी भएको हो ।

'एउटा बस्तीमा आगलागी हुँदा चार जना साना बालबालिका र एक जना वयस्कको ज्यान गएको छ,' भेल्की सारिसका मेयर विलियम कलले फेसबूकमार्फत जानकारी दिएका छन्, 'आठ वटा झुपडी जलेर नष्ट भएका छन् र यस दुर्भाग्यपूर्ण घटनाबाट करिब ३० जना प्रभावित भएका छन् ।'

एघार वयस्क र सात जना बालबालिकालाई स्थानीय सामुदायिक केन्द्रमा सारिएको छ ।​

नजिकैको गाउँ जुपकानीका स्वैच्छिक अग्निशामकहरूले उनीहरूलाई बुधबार राति १०ः३० बजे (२१३० जीएमटी) पछि साइटमा पठाइएको बताए ।

'त्यो सामान्य आवासीय झुपडीहरूमा लागेको आगो थियो । दुर्भाग्यवश, आगो निभाउँदै गर्दा हामीले पाँच व्यक्तिका जलेका अवशेषहरू फेला पार्‍यौं,' उनले फेसबूकमा लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्