२९ जेठ २०८३, शुक्रबार

'खेताला' शिक्षक राखेर भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापकसहित ४ जनाविरुद्ध मुद्दा दायर

चैत ७, २०८१
काठमाडौं
'खेताला' शिक्षक राखेर भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापकसहित ४ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुलेश्वर माध्यमिक विद्यालय, काठमाडौंका प्रधानाध्यापक सानुकान्छा नेपालसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​

गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार सहायक प्रधानाध्यापक शिवहरि घिमिरे, विद्यालय सहायक (लेखापाल) स्मृति रेग्मी र श्रुती भण्डारी भनिने अम्बिका घिमिरेलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।

उनीहरूले प्राथमिक तहमा कार्यरत राहत शिक्षक विद्यालयमा अनुपस्थित रहेको समयमा निजको स्थानमा सहायक प्रधानाध्यापकको नाता पर्ने व्यक्तिलाई खेताला शिक्षकको रूपमा राखेको र अनुपस्थित शिक्षकको नाममा तलब माग गरी निकासा लिई निजकै नामबाट चेक जारी गरी तलबसमेत खुवाएको आयोगको दाबी छ ।

आयोगले उनीहरूविरुद्ध १ लाख ५७ हजार ९१५ रुपैयाँ बिगो दाबी गरेर कैद र जरिवाना सजाय गरी बिगो रकम असुल उपरको मागदाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्