११ असार २०८३, बिहीबार

उन्नति कल्चर भिलेजमा थारू सांस्कृतिक प्रदर्शनी

चैत ७, २०८१
नवलपरासी
उन्नति कल्चर भिलेजमा थारू सांस्कृतिक प्रदर्शनी

उन्नति कल्चरल भिलेजको आयोजना तथा नेपाल थारू संघको सहआयोजनामा 'थारू सांस्कृतिक प्रदर्शनी' सम्पन्न भएको छ ।​

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ७ बेलहानीस्थित उन्नति कल्चरल भिलेजमा सम्पन्न कार्यक्रममा उद्योगपति तथा सांसद विनोद चौधरी धर्मपत्नीसहित पुगेका थिए । उनीहरू दुवै जना थारू पहिरनमा थिए । दुवै जनाको पहिरनले थारू संस्कृतिलाई झल्काएको थियो ।

‘थारू संस्कृति, थारू खाना, हाम्रो पहिचान’ नारासहित प्रदर्शनीको आयोजना गरिएको हो ।

प्रदर्शनीमा थारू समुदायको पहिचान झल्काउने घर, विविध स्टल र खानाका परिकारहरू राखिएको थियो ।

सांसद चौधरीले थारू समुदायको विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए। नेपाल बहुसांस्कृतिक मुलुक भएकाले थारू सभ्यता जगेर्ना गर्न विशेष कार्यक्रम आवश्यक रहेको उनले उल्लेख गरे।

null

salt training

कमेन्ट गर्नुहोस्