
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गरेकाको जग्गा नाँपजाँच सुरु गरिएको छ ।
भूमि समस्या समाधान आयोग नवलपरासीले आज एक कार्यक्रममा गरी गाउँपालिकाभित्रका जग्गाको नाँपजाँच सुरु गरेको आयोगका अध्यक्ष लालबहादुर गुरुङले बताए ।
उनले भने, “तीन जना अमिन र एक जना सर्वेक्षकसहित चार कर्मचारीमार्फत काम सुरु गरिएको छ । प्रतापपुर गाउँपालिका–९ बाट सुरु जग्गा नाँप जाँच सुरु भएको छ ।”
नाँप जाँच गर्ने क्रममा एक हजार पूर्जा तयार हुनै वित्तिकै वितरण गर्ने तयारी रहेको गुरुङले बताए ।