१५ असार २०८३, सोमबार

पीकेमा नेविसंघका आधिकारिक उम्मेदवार हराउँदै नेविसंघकै ऐरको प्यानल निर्वाचित

चैत ८, २०८१
काठमाडौं
पीकेमा नेविसंघका आधिकारिक उम्मेदवार हराउँदै नेविसंघकै ऐरको प्यानल निर्वाचित

त्रिविअन्तर्गतको आंगिक क्याम्पस पद्माकन्यामा नेविसंघको आधिकारिक उम्मेदवारलाई हराउँदै नेविसंघकै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐर निर्वाचित भएकी छन् । नेविसंघकी पूर्णिमा परियारलाई पराजित गर्दै ऐर सभापतिमा निर्वाचित भएकी हुन् । 

भूपीले ७३० मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत पाइन् ।

ऐर नेतृत्वको विद्रोही प्यानल निर्वाचित भएको छ । नेविसंघबाट दुई जनाको उम्मेदवारी परेपछि विवाद हुँदा चैत ५ गते हुनुपर्ने स्ववियु निर्वाचन चैत ७ गते मात्र भएको थियो ।

यस्तै, सचिवमा संन्ध्या बस्याल र कोषाध्यक्ष संकल्पिका थापा विजयी भएका छन् । सदस्यहरू उर्वशी पाण्डे, चेतना महर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यानसु कटवला विजयी भए । 

पद्मकन्याको स्ववियु निर्वाचनका लागि एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले गठबन्धन गरेका थिए । पद्मकन्यामा लामो समयपछि नेविसंघको दबदबा छ । 


 

salt training

कमेन्ट गर्नुहोस्