२४ जेठ २०८३, आइतबार

प्रधानमन्त्री कप क्रिकेट : आर्मीद्वारा गण्डकी पराजित

चैत ८, २०८१
दाङ
प्रधानमन्त्री कप क्रिकेट : आर्मीद्वारा गण्डकी पराजित

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । आर्मीले गण्डकीलाई ६ विकेटले हराएको हो ।​

लमहीस्थित क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्‍यो । पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ३० दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनायो ।

उसका लागि अर्जुन कुमालले ३३, दीपक डुम्रेले १९,  कमल परियारले १७ तथा कप्तान विपिन खत्रीले १५ रन बनाए ।

बलिङतर्फ आर्मीका लागि साहब आलमले १० ओभरमा ४२ रन खर्चिएर ५ विकेट लिए । यस्तै कुशल मल्ल र नरेन साउदले दुई दुई विकेट लिए ।

एक सय १७ रनको लक्ष्य आर्मीले २६ दशमलव ५ ओभरमा चार विकेट गुमाएर पुरा गर्‍यो । आर्मीका लागि तीर्थराज दासले ३७, बसिर अहमदले अविजित ३२, भीम सार्कीले १४ तथा इमरान शेखले १२ रनको योगदान दिए ।

बलिङतर्फ आर्मीका लागि चन्द्र पौडेल, विपिन खत्री, सुवास भण्डारी र सुदिप अर्यालले एक एक विकेट लिए ।

योसँगै आर्मीले जारी प्रतियोगितामा ७ खेलमा ६ मा जीत हात पार्दै १२ अङ्क जोडेको छ । आर्मी अङ्क तालिकामा दोस्रो स्थानमा छ ।

यस्तै गण्डकीले हालसम्म खेलेका ७ खेलमध्ये एउटामा मात्र जीत निकालेको छ । गण्डकी दुई अङ्कका साथ अङ्क तालिकाको पुछारमा छ ।

salt training

कमेन्ट गर्नुहोस्