
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहित तराई–मधेशका केही नेताले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसँग भेटवार्ता गरेका छन् ।
आदित्यनाथलाई भेट्न नेपालका नेताहरू यूपीको राजधानी लखनौं पुगेका थिए ।
मधेश प्रदेशका मुख्यमन्त्री सिंहसहितका नेताहरूले बिहीबार आदित्यथानलाई भेट गरेका हुन् ।
भेटमा नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद अभिषेकप्रताप साहलगायतका नेता उपस्थित थिए ।
मुख्यमन्त्री सिंहले आदित्यनाथलाई जानकी मन्दिरको तस्वीरसहितको फ्रेम उपहार दिँदै नेपाल भ्रमणको निमन्त्रण दिएका छन् ।
राजावादीको कार्यक्रममा एक जना प्रदर्शनकारीले आदित्यथानको तस्वीरसहितको पोस्टर बोकेको विषय नेपालमा चर्चा भएको थियो ।