०४ असार २०८३, बिहीबार

महानगरका कर्मचारीले ४ महिनादेखि तलब पाएनन्

चैत १०, २०८१
काठमाडौं
महानगरका कर्मचारीले ४ महिनादेखि तलब पाएनन्

काठमाडौं महानगरका कर्मचारीले तलब नपाएको ४ महिना भयो । तर, कर्मचारीको गुनासो सुन्न छाडेर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल घुमघाममै व्यस्त छन् । 

नेपाल समाचारपत्र लेख्छ- मेयर साह कहाँ जानुभयो भन्ने विषयमा सचिवालयका केहीबाहेक कसैलाई जानकारी छैन । फागुपूर्णिमाको भोलिपल्टदेखि नै मेयर साहलाई नदेखेको कामपाका कर्मचारीहरू बताउँछन् ।

मेयर साहको अधिकांश भ्रमण गोप्य हुने गरेको उनीहरूको भनाइ छ । कामपाका एक कर्मचारीले नेपालभने –‘धैरै दिन भयो, मेयर साह कार्यालय आउनुभएको छैन । कहाँ जानुभयो, त्यो पनि थाहा छैन । प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामपा गम्भीर आर्थिक संकटमा परेको छ ।

मेयर र उपमेयर घुमघाममै मस्त छन् । उपमेयर डंगोल भारत भ्रमणमा छिन् । 

salt training

कमेन्ट गर्नुहोस्