०२ साउन २०८३, शनिबार

प्रेस चौतारीमा चुनाव हुने भएपछि ओली महाधिवेशन उद्घाटन गर्न नआउने

चैत १०, २०८१
विराटनगर
प्रेस चौतारीमा चुनाव हुने भएपछि ओली महाधिवेशन उद्घाटन गर्न नआउने
चौतारीको महाधिवेशन स्थल ।

नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन आज आइतबार विराटनगरमा शुरू हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने चौतारीले जनाएको थियो । तर, चौतारीको भावी नेतृत्वका लागि देखिएको विवादका कारण ओली नआउने भएका छन् । अब महाधिवेशनको महासचिव शंकर पोखरेलले उद्घाटन गर्नेछन् । 

चौतारीको अध्यक्ष बन्न उपाध्यक्षहरू गणेश पाण्डे र राजेश राईले दाबेदारी पेश गरेका छन् । एमाले अध्यक्ष ओलीले यसअघि चौतारीका उपाध्यक्ष रहेका राजेश राईलाई अध्यक्ष बनाउनेगरि पाण्डेलाई पार्टीको प्रचार विभागको सचिव बनाएका थिए । 

पाण्डेले भने आफू अध्यक्षबाट पछि नहट्ने भन्दै प्रचार विभागको सचिवबाट राजीनामा दिइसकेका छन् । राई एमालेमा १० बुँदे पक्षधर हुन् । त्यही भएर उनलाई अध्यक्ष बन्न नदिन बढेको लबिइङपछि ओलीले पाण्डेलाई नै अध्यक्ष बनाउन निर्देशन दिएको चौतारीका नेताहरूले बताएका छन् ।

दुई जनालाई अध्यक्ष बनाउन फरक–फरक समयमा अध्यक्ष ओलीले नै ‘वचन’ दिएका कारण चौतारीमा विवाद देखिन्छ । पार्टीका नेताहरूले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउँदै आएका छन् । तर, राईले भने लोकतान्त्रिक प्रतिस्पर्धा हुनुपर्ने अडान राखेका छन् । 

महाधिवेशनमा देशभरबाट ९ सय प्रतिनिधि सहभागी हुने व्यवस्थापन समितिका संयोजकसमेत रहेका चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेलले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्