२६ जेठ २०८३, मंगलबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

चैत १०, २०८१
काठमाडौं
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, सुनसरी, धनुषा र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको  छ। 

काठमाडौं महानगरपालिका-१६ मा बा ५ ख ३७०२ नम्बरको बसले किचेर हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको शनिबार दिउँसो मृत्यु भएको छ । 

बसले किचेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस्तै, सुनसरी, बराहक्षेत्र नगरपालिका-६ ठाकुरबारीमा शुक्रबारेबाट ठाकुरबारीतर्फ आउँदै गरेको को ३९ प ७९९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सुनसरीकै इटहरी उपमहानगरपालिका-५ मा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।      
    
त्यस्तै, धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ स्थित सडकमा जनकपुरबाट ढल्केबरतर्फ आउँदै गरेको बा प्र ०३-००१ ख ३४४१ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-१ सिनुरजोडा बस्ने ७० वर्षीय रबिन्द्र मण्डलको शनिबार साँझ मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको सेन्ट्रल अस्पताल लक्ष्मीनियामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उता कञ्चनपुरको भीमदत्त नगरपालिका-११ बरेली टोलमा म१ त १०२० नम्बरको ट्याक्टरमा सुपप्र ०२-००३ प ६७३२ नम्बरको स्कुटर ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका-११ भुजेला बस्ने ४० वर्षीय प्रेम गिरीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्