१६ असार २०८३, मंगलबार

सर्लाहीका सभापतिलाई बर्खास्त गर्न माग गर्दै कांग्रेस पार्टी कार्यालय बाहिर प्रदर्शन

चैत १०, २०८१
काठमाडौं
सर्लाहीका सभापतिलाई बर्खास्त गर्न माग गर्दै कांग्रेस पार्टी कार्यालय बाहिर प्रदर्शन

नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापतिलाई बर्खास्त गर्न माग गर्दै कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन्।

भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरिसकेकाले सभापति सुरेन्द्रप्रसाद सिंहलाई पदमुक्त गर्नुपर्ने उनीहरूको माग छ । सभापति सिंहले पार्टीको नीतिविपरीत कार्य गरेकाले राजीनामा दिनुपर्ने जिल्ला उपसभापति, क्षेत्रीय सभापतिलगायतका पदाधिकारी​हरूको माग छ । 

सर्लाहीका सभापतिलाई बर्खास्त गर्नका लागि उनीहरूले सभापति शेरबहादुर देउवालाई निवेदनसमेत बुझाएका छन् ।

null

सर्वोच्चले भ्रष्टाचार मुद्दामा दोषी प्रमाणित गरेकाले कांग्रेस सर्लाहीका सभापति सिंहलाई नेपाली कांग्रेसको संशोधित विधान २०७५ को धारा २ को उपधारा १३ को 'क' र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिधिभित्र राखेर कारबाही गर्नुपर्ने उनीहरूको माग छ । 

प्रदर्शनका क्रममा उनीहरूले जिल्ला सभापतिले पार्टीभित्र गुटबन्दी गरेको, निष्पक्ष रूपमा संगठन सञ्चालन नगरेको तथा कार्यकर्ताहरूलाई विभाजन गर्ने प्रयास गरेको आरोप लगाएका छन्।

null

null

null

salt training

कमेन्ट गर्नुहोस्