२४ जेठ २०८३, आइतबार

ज्ञानेन्द्रप्रति देउवाको 'फायर'– संवैधानिक राजा होइन, राप्रपाको सभापति बने हुन्छ

चैत १०, २०८१
काठमाडौं
ज्ञानेन्द्रप्रति देउवाको 'फायर'– संवैधानिक राजा होइन, राप्रपाको सभापति बने हुन्छ
फाइल फोटो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सभापति बन्न सुझाव दिएका छन् ।

पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेकाले संवैधानिक राजा बन्नुभन्दा पनि राप्रपाको सभापति बन्न सुझाव दिएका हुन् ।

‘ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक छैनन् । बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि,' उनले भने ।

त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउने उनको भनाइ छ । 

सभापति देउवाले कुनै पनि हालतमा संवैधानिक राजा बन्ने सम्भावना नरहेकाले गणतन्त्रको पक्षमा एकताबद्ध भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए।

salt training

कमेन्ट गर्नुहोस्