०४ साउन २०८३, सोमबार

कांग्रेस कार्यसम्पादन समिति बैठकमा आरजुको खोजी

चैत १०, २०८१
काठमाडौं
कांग्रेस कार्यसम्पादन समिति बैठकमा आरजुको खोजी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवाको खोजी भएको थियो ।

पार्टी मुख्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भर्खरै भारत भ्रमणबाट फर्किएकी मन्त्री राणाको खोजी भएको हो ।

भर्खरै भारत भ्रमणबाट फर्किएपछि आरजुले नेपालमा सरकार परिवर्तनबारे भारतले कुनै चासो नदिएको अभिव्यक्ति दिएकी थिइन् ।

उनको अभिव्यक्तिपछि कार्यसम्पादन समितिमा केही सदस्यले ‘परराष्ट्रमन्त्री पनि आएको भए हुने’ भनेका थिए । ‘परराष्ट्रमन्त्री कार्यसम्पादन समितिमा हुनुहुन्न तर उहाँको अभिव्यक्तिपछि अर्जुनरसिंह केसीले उहाँ पनि बैठकमा आएर बिफ्रिङ गरेको भए हुने थियो भनेर कुरा उठाउनुभयो,’ कांग्रेसका एक नेताले भने ।

salt training

कमेन्ट गर्नुहोस्