
दाङको घोराहीस्थित प्लाई उद्योगमा आगगाली भएको छ । खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा विद्युत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायतका सामग्री जलेर नस्ट भएको छ । उद्योगमा आगलागी गएराति करिव २ बजेदेखि लागेको र अझै पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।