२६ असार २०८३, शुक्रबार

बिरालो मारेको आरोपमा १ जनाविरुद्ध पक्राउ पुर्जी जारी

चैत ११, २०८१
काठमाडौं
बिरालो मारेको आरोपमा १ जनाविरुद्ध पक्राउ पुर्जी जारी

बङ्गलादेशको राजधानी ढाकाको एक अदालतले बिरालोको मृत्युको विषयमा दायर गरिएको मुद्दामा एक जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

फेब्रुअरी १ मा बिरालो मारेको आरोपमा पक्राउ पुर्जी जारी गरेका अकबर हुसेन शिब्लुविरुद्ध लगाइएका आरोपहरूको सुनुवाइ गर्दै ढाका महानगरीय मजिस्ट्रेट जीएम फरहान इश्तियाकले आइतबार यो आदेश दिएका हुन् ।

फेब्रुअरी ५ मा, बङ्गलादेशको पिपुल फर एनिमल वेलफेयर फाउन्डेसनको तर्फबाट नफिसा नौरिन चौधरीले मुद्दा दायर गरेका थिए ।

मुद्दाको बयानमा नफिसाले बिरालो फेब्रुअरी १ मा हराएको बताए ।

यसपछि सीसीटीभी फुटेजमा शिब्लुले बिरालोलाई लात हानेर मारेको देखिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्