
चितवनस्थित नारायणी पुलबाट हाम फालेकी एक महिलाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । नदीमा बग्दै गरेको अवस्थामा सकुशल उद्धार गरिएको हो ।
सोमबार साँझ भरतपुर महानगरपालिका-३ पुलचोक स्थित नारायणी पुलबाट ती महिला नदीमा हामफालेर बग्दै गरेको अवस्थामा पुलचोकमा तैनाथ सशस्त्र प्रहरी बल नेपाल इमिडियट रेस्पोन्स टिम ( आइआरटी ) ले देखेसँगै तत्काल सकुशल उद्धार गरेको हो ।
ती महिला सोही महानगरपालिका -११ बसेनी बस्दै आएको र उनलाई उपचारार्थ नयाँ मेडिकल कलेज भरतपुर पठाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।