
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणको नेतृत्वबाट कुलमान घिसिङलाई हटाउने निर्णयको विरोध गरेका छन् । सोमबार राति फेसबुकमार्फत उनले सरकारको निर्णय गलत भएको बताउँदै उल्टो बाटो हिँडेर सही गन्तव्यमा पुगिन नसकिने बताएका छन् ।
‘हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन’, थापाको भनाइ छ ।