करेन्ट लागेर सुनसरीमा तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।
भोक्राहानरसिंह गाउँपालिका-६ साहु टोल बस्ने सुदीप साहकी छोरी ३ वर्षीया चन्दा साहको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको हो ।
छिमेकीको घरमा चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।