०७ असार २०८३, आइतबार

सत्ता साझेदार दलको बैठकमा के भयो छलफल ?

चैत १२, २०८१
काठमाडौं
सत्ता साझेदार दलको बैठकमा के भयो छलफल ?

सत्ता साझेदार राजनीतिक दलको बैठक मुख्य विषयमा प्रवेश नै नगरी स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव उपस्थित नभएपछि प्रमुख विषयमा प्रवेश नै नगरी स्थगित भएको हो ।​

बैठकमा सहभागी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्‍जिता श्रेष्ठका अनुसार जसपा अध्यक्ष यादव बैठक सहभागी नबनेपछि छलफलबिना नै स्थगित भएको हो ।

‘आज केही हुन् सकेन । विभिन्न दलका प्रतिनिधि उपस्थित भएका थियौं । तर, जसपा नेपालका अध्यक्ष उपेन्द्रजीको केही कार्य व्यस्तताका कारण आउन सक्नुभएन,’ श्रेष्ठले लोकान्तरसँग भनिन, ‘उहाँ नआएपछि भोलि बस्ने गरी बैठक स्थगित भयो ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामयिक विषयमा भने छलफल भएको थियो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओली, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्