११ असार २०८३, बिहीबार

नरैनापुरमा १७ घरगोठ जलेर नष्ट

चैत १२, २०८१
बाँके
नरैनापुरमा १७ घरगोठ जलेर नष्ट

 बाँकेको नरैनापुर गाउँपालिकामा आज दिउँसो भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन् । 

गाउँपालिका–४ जयरामपूर्वामा भएको आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिए । 

स्थानीय जुमाई खाँको घरबाट लागेको आगो नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका दुई दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

खरले छाएका र एक आपसमा जोडिएका घरगोठमा लागेको आगो करिब डेढ घण्टापछि नियन्त्रणमा आएको प्रहरी निरीक्षक मल्लले बताए । 

salt training

कमेन्ट गर्नुहोस्