११ साउन २०८३, सोमबार

कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरी काम गरौँ: उपप्रधानमन्त्री सिंह

चैत १२, २०८१
काठमाडौं
कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरी काम गरौँ: उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरी विकास निर्माणका काम गर्नुपर्ने बताएका छन् । 

    नगर विकास कोषले आज आयोजना गरेको ‘सहरी पूर्वाधारः प्राथमिकता तथा वित्त व्यवस्थापन’ कार्यशालामा उहाँले त्यसका लागि सङ्घीयतालाई बलियो बनाउन सङ्घ र स्थानीय सरकारबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए । 

उपप्रधानमन्त्री सिंहले परिवर्तित सन्दर्भमा नगर विकास कोषले नगरपालिकाको भौतिक पूर्वाधार विकासमा उपयुक्त कार्यक्रमका विषयमा छलफल गर्न कार्यशाला उपयोगी हुने विश्वास व्यक्त गरे ।    सहरीकरणका लागि हाल देखिएको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उनले नागरिकको जीवन र जीविका सहज बनाउने कुरा नै सरकारको प्राथमिकतामा रहेको बताए । 

कार्यक्रममा देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । त्यस क्रममा जनप्रतिनिधिहरूले हाल भोगिरहेका समस्या र वित्त व्यवस्थापनका चुनौतीबारे धारणा राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्