०५ साउन २०८३, मंगलबार

प्राधिकरणको अवस्थाबारे श्वेतपत्र जारी गरिने, रोकिएको पीपीए खुलाइने

चैत १३, २०८१
काठमाडौं
प्राधिकरणको अवस्थाबारे श्वेतपत्र जारी गरिने, रोकिएको पीपीए खुलाइने

नेपाल विद्युत् प्राधिकरणको अवस्थाबारे श्वेतपत्र जारी गरिने भएको छ । मंगलबार राति बसेको सञ्चालक समितिको बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो ।

१० वर्षमा २८ हजार ५०० मेगावाट उत्पादन गर्ने लक्ष्यअनुसार विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) खुला गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने पनि बैठकले निर्णय गरेको सञ्चालक समिति सदस्य रतन ऐरले जानकारी दिए । 

बैठकले विपन्न समुदायका लागि राहतको प्याकेज घोषणा गर्ने पनि निर्णय गरेको छ। 

प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेकै दिन बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि कुलमान घिसिङ र ऊर्जामन्त्री दीपक खड्काबीच मनमुटाव हुँदा लामो समयदेखि प्राधिकरणको बोर्ड बैठक बस्न सकेको थिएन ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाएर हितेन्द्रदेवलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । 

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले मंगलबार दिउँसो लोकान्तरसँग कुरा गर्दै श्वेतपत्र निकालेर प्राधिकरणको अहिलेको अवस्थाबारे छर्लङ्ग पारिने थिए । 

salt training

कमेन्ट गर्नुहोस्