१५ असार २०८३, सोमबार

प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिए संसद् चल्न दिँदैनौं : प्रचण्ड

चैत १३, २०८१
काठमाडौं
प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिए संसद् चल्न दिँदैनौं : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चित्त बुझ्दो जवाफ दिनुपर्ने बताएका छन् । 

नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यसबारे प्रधानमन्त्री ओलीले चित्त बुझ्दो जवाफ नदिए प्रतिनिधिसभाको बैठक चल्न नदिने बताए । 

उनले भने, ‘कुलमानलाई बर्खास्त गरिएको विषयमा प्रधानमन्त्रीले संसद्को रोष्ट्रममा आएर चित्त बुझ्दो जवाफ दिनुपर्छ, चित्त बुझ्दो जवाफ आए सदन चल्छ, नत्र चल्दैन ।' 

उनले प्रधानमन्त्री ओलीसँग टीआरसीको विषयमा छलफल भए पनि कुलमानलाई बर्खास्त गर्नेबारे कुनै छलफल नभएको प्रस्ट पारे । 

प्रमुख प्रतिपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले आजको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा कुलमान घिसिङलाई बर्खास्त गरेकोमा विरोध जनाएका थिए ।

प्रतिपक्षी दलका सांसदरूको विरोधका कारण प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक  बिहीबारसम्मका लागि स्थगन भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्