१० असार २०८३, बुधबार

समाजवादी मोर्चाद्वारा शुक्रबार वृहद जनप्रदर्शनको तयारी, विभिन्न मुद्दामा आवाज उठाउने

चैत १४, २०८१
काठमाडौं
समाजवादी मोर्चाद्वारा शुक्रबार वृहद जनप्रदर्शनको तयारी, विभिन्न मुद्दामा आवाज उठाउने

समाजवादी मोर्चाले शुक्रबार राजधानीको भृकुटीमण्डपमा वृहद जनप्रदर्शन गर्ने भएको छ। मोर्चाले राजनीतिक स्थायित्व, सुशासन, भ्रष्टाचार नियन्त्रण, तथा सामाजिक न्यायका विषयमा विभिन्न नारासहित प्रदर्शनको तयारी गरेको हो । जुन नारा बिहीबार बसेको मोर्चाको बैठकले तय गरेकाे नेता महिन्द्र राय यादवले जानकारी दिए । 

प्रदर्शनमा "यथास्थिति र प्रतिगामी षड्यन्त्रको विरोध गरौं", "गणतन्त्रको सम्बर्धन र राष्ट्रिय स्वतन्त्रताको संरक्षण गरौं" जस्ता मूल नाराहरू उठाइने छ।

त्यसैगरी, प्रदर्शनका क्रममा "समाजवादी मोर्चा, नेपाल – जिन्दावाद!", "भ्रष्टाचारीलाई – कारवाही गर!", "महँगी र कालोबजारी – नियन्त्रण गर!", "शिक्षकहरूको समस्या – समाधान गर!" लगायतका नाराहरू गुञ्जिने छन्।

मोर्चाले समावेशी लोकतन्त्र, सहकारी व्यवस्थाको सुधार, दलित तथा महिलामाथिको उत्पीडन अन्त्य, तथा वेरोजगारी समस्या समाधानका विषयलाई प्रमुख एजेन्डा बनाउँदै सरकारलाई दबाब दिने जनाएको छ।

प्रदर्शनमा देशभरिबाट कार्यकर्ताहरूको सहभागिता रहने मोर्चाको दाबी छ । 

salt training

कमेन्ट गर्नुहोस्