२४ जेठ २०८३, आइतबार

पूर्वपञ्चहरूले नै ज्ञानेन्द्र शाहका आपराधिक काम सार्वजनिक गरेका थिए : पोखरेल

चैत १४, २०८१
काठमाडौं
पूर्वपञ्चहरूले नै ज्ञानेन्द्र शाहका आपराधिक काम सार्वजनिक गरेका थिए : पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ज्ञानेन्द्र शाह अधिराजकुमार हुँदा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम पूर्वपञ्चहरूले नै सार्वजनिक गरेका तथ्यहरूमा पढ्न पाइने स्मरण गराएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत् अहिले आएर स्वार्थको रोटी सेक्न पूर्वपञ्चहरूले उनको गुनगान गाउनु बेग्लै कुरा भएको उनले बताएका छन् । 

तर, आम जनताले त उनी अपुतालीमा राजा हुँदासमेत असहज मानेको उनले उल्लेख गरेका छन् । 'पूर्वराजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम गरेको विषय पूर्वपञ्चहरूले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरू पढ्न पाइन्छ । अहिले आएर स्वार्थको रोटी सेक्न पूर्व पञ्चहरूले उनको गुणगान गाउनु बेग्लै कुरा हो,' उनले लेखेका छन्, 'तर आम जनताले त उनी अपुतालीमा राजा हुँदासमेत असहज मानेकै हुन् ।'

 

salt training

कमेन्ट गर्नुहोस्