१४ असार २०८३, आइतबार

संक्रमणकालीन न्याय टुंगयाउने क्रममा कसैले पनि राजनीति नगरौं : प्रचण्ड

चैत १४, २०८१
काठमाडौं
संक्रमणकालीन न्याय टुंगयाउने क्रममा कसैले पनि राजनीति नगरौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउने क्रममा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । 

संक्रमणकालीन न्यायसँग सम्बन्धित राष्ट्रिय सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले उनले पीडितहरूलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका हुन् । 

नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले अगाडि बढेको भन्दै द्वन्द्व पीडितहरुलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै शान्ति प्रक्रियालाई दिगो बनाउन सकिने उनको भनाइ थियो ।‘अहिले पनि राजनीतिक दलहरूबीच विवादहरू छन् । तर तमाम विवाद र विमतिबीच पनि शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्छ भन्नेमा हामी कहिल्यै पनि विवादमा भएनौं,’ उनले भने ।

नेपालको शान्ति प्रक्रियालाई अगाडि बढाउनुपर्छ भन्नेमा आफूहरू केन्द्रित भएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्