२६ जेठ २०८३, मंगलबार

पोखरा महानगरपालिकाका एक वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत १४, २०८१
काठमाडौं
पोखरा महानगरपालिकाका एक वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कास्कीको पोखरा महानगरपालिका-२७ का वडासचिव प्रभात लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार लामिछानेविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । 

सेवाग्राहीसँग जन्म दर्ता र अन्य कागजातमा जन्म मिति सच्याउनका लागि सेवाग्राहीसँग २ लाख ५० हजार घुस लिएको  आयोगको आरोप छ । 

उनले दिनेश लामिछानेको पहिले नै दिनेश दयालु लामिछाने नामबाट जन्म दर्ता, जन्म मिति कायम गरी दर्ता भइसकेको अवस्थामा पुन: दिनेश लामिछानेको नाममा जन्म मिति र जन्म दर्ता राखी आफूले निर्वाह गर्नुपर्ने पदीय अधिकारको दुरूपयोग गरेको आयोगको ठहर छ ।

आयोगले दिनेश लामिछानेविरुद्ध पनि मुद्दा दायर गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्