
बराल ग्रुप अन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स प्रालि (निसान, ओमोडा एन्ड जेइको र जिकरका लागि आधिकारिक डिलर) र एसएसएल मोटर्स कम्पनी प्रालि (लिपमोटर र सिट्रनका लागि आधिकारिक डिलर) ले ‘वाडा अटो शो २०२५’ का लागि आकर्षक अफर सार्वजनिक गरेका छन् ।
नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)द्वारा आयोजना हुन गइरहेको ‘वाडा अटो शो २०२५’मा नेपालको अटोमोबाइल बजारका चर्चित कम्पनी शारडा ग्रुप र गोल्छा अर्गनाइजेसन आदिको सहकार्य र सहभागिता रहेको छ ।
अत्याधुनिक अटोमोटिभ ब्रान्ड र विशेष अफरको भव्य प्रदर्शनीको रूपमा रहेको ‘वाडा अटो शो २०२५’, पोखराको अमरसिंह मैदानमा बिहीबारदेखि शुरू भएको छ । यो शो यही चैत १८ गतेसम्म चल्नेछ ।
अटो प्रदर्शनीमा एलिट मोटर्सले विभिन्न प्रिमियम अटोमोटिभ ब्रान्डहरू प्रस्तुत गर्दैछ, जहाँ सहभागी तथा दर्शकले अत्याधुनिक गाडी अनुभव गर्नुका साथै सीमित समयका लागि विशेष अफरको लाभ लिन सक्नेछन् ।
प्रदर्शनीमा शारडा ग्रुप अन्तर्गत ओमोडा एन्ड जेइको, निसान र जिकर ब्रान्ड स्टल नम्बर ‘ए-सिक्स’ र ‘ए-सेभेन’मा प्रस्तुत गरिनेछ । यसैगरी, गोल्छा ग्रुपले स्टल नम्बर ‘ए-टु’ मा ‘लिपमोटर’ र ‘सिट्रन’ ब्रान्डका गाडी प्रदर्शन गर्नेछ ।
ओमोडा एन्ड जेइकोको स्टलमा विशेष वार्षिकोत्सव (एनिभर्सरि) लाभहरूसहित ‘वन इयर अफ इनोभेसन’को उत्सव (ब्रान्डको नेपालमा पहिलो वार्षिकोत्सव) मनाइनेछ । सीमित अवधिका लागि ग्राहकले नयाँ ओमोडा एन्ड जेइको गाडी ५५ लाख ९९ हजार शुरूआती मूल्यबाट बुकिङ तथा खरिद गर्न सक्नेछन् ।
जसमा ५ लाख १५ हजार बराबरको लाभ समावेश हुनेछ । यी लाभहरूमा नगद छुट, आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा, साथै ब्याट्री र मोटरमा ८ वर्ष (वा १,६०,००० किलोमिटर)को उत्कृष्ट वारेन्टी समावेश छन् । त्यसैगरी, ग्राहकहरूले निःशुल्क ७ किलोवाट वाल चार्जर र एक वर्षको निःशुल्क सडक कर पनि प्राप्त गर्नेछन् ।
जिकरले पनि ग्राहकहरूका लागि विशेष अफर ल्याएको छ । जसअन्तर्गत नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क ७ किलोवाटको चार्जर र चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर समावेश छन् ।
साथै, निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण शुरूआती मूल्य ३४ लाख ७५ हजारसहित प्रदर्शनमा रहेको छ । यसमा २६ हजार ३२० को मासिक किस्तासहित आकर्षक फाइनान्सिङ सुविधा समेटिएको छ ।
त्यसैगरी, ग्राहकहरूले एक वर्षको विस्तृत बीमा, चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर र तीन वर्षसम्म निःशुल्क सर्भिसिङ तथा वारेन्टीको सुविधा प्राप्त गर्नेछन् ।
लिपमोटरले पनि वाडा शोमा नाडा अफर घोषणा गरेको छ, जस अन्तर्गत लिपमोटर ‘सि-टेन’ ६७ लाख ९९ हजारको विशेष मूल्यमा बुक गर्न सकिनेछ । वाडा विशेष अफरमा २० प्रतिशत डाउनपेमेन्ट, निःशुल्क ७ किलोवाटको चार्जर, निःशुल्क सडक कर आदि छन् भने अटो शोमा स्टल नम्बर ‘ए-टु’ भ्रमण गर्ने ग्राहकले लिपमोटरको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् ।
एलिट मोटर्स र एसएसएल मोटर्स दुवैले ग्राहकको अटोमोटिभ तथा ड्राइभिङ अनुभवलाई अझ सहज, किफायती र उत्साहजनक बनाउन निरन्तर प्रयास गर्दै आइरहेको छ । वाडा अटो शोमा गरेको सहभागिताले कम्पनीको ‘विश्वस्तरीय अटोमोटिभ ब्रान्ड र सेवा ग्राहकमाझ सहज रूपमा उपलब्ध गराउने’ प्रतिबद्धतालाई झल्काउँदछ ।
बराल ग्रुप, सम्पूर्ण अटोप्रेमी र नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई ‘वाडा अटो शो’ भ्रमण गरी आफूलाई उपयुक्त हुने सवारीको अवलोकन तथा खरिद गरी उत्कृष्ट अफरको लाभ लिन आह्वान गर्दछ ।
थप जानकारीका लागि एलिट मोटर्स तथा एसएसएल मोटर्सका स्टलमा पुगि प्रतिनिधिहरूसँग सवारी साधनको लाइनअप र विशेष अपरको बारेमा प्रत्यक्ष जान्न र बुझ्न आह्वान गरिन्छ ।