
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइनबाट प्रभावित वनक्षेत्रमा जग्गा सट्टाभर्ना प्रक्रिया अघि बढाइएको छ ।
आयोजनाले भोगचलन गर्ने वनक्षेत्र बराबरको जग्गा खरिद गरी नेपाल सरकारलाई बुझाउन वनसँग जोडिएका व्यक्तिको जग्गा सट्टाभर्ना कार्य अघि बढाएको हो । सार्वजनिक सूचना जारी गरेपछि तनहुँ खण्डबाट दुई जनाले न्यून क्षेत्रफलमा आवेदन दिएको र चितवन खण्डबाट कुनै पनि आवेदन नपरेको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आयोजनाले भोगचलन गरेको जग्गाको क्षतिपूर्तिवापत वनसँग जोडिएका व्यक्तिको जग्गा खरिद गरी नेपाल सरकारलाई उपलब्ध गराउन लागिएको उनले बताए ।
उक्त आयोजनाबाट तनहुँ खण्डमा ६७ हेक्टर र चितवन खण्डमा २५ हेक्टर वनक्षेत्र प्रभावित हुने छ ।