०७ असार २०८३, आइतबार

नेपालमा लोडसेडिङ नहुने, भारतबाट थप ६०० मेगावाट विद्युत् आयात

चैत १४, २०८१
काठमाडौं
नेपालमा लोडसेडिङ नहुने, भारतबाट थप ६०० मेगावाट विद्युत् आयात

 नेपालमा कुनै पनि प्रकारको लोडसेडिङ नहुने सरकारले प्रतिबद्धता दोहोर्‍याएको छ। ऊर्जा आपूर्तिलाई सुनिश्चित गर्न भारतबाट थप ६०० मेगावाट विद्युत् आयात गर्ने प्रबन्ध मिलाइएको उर्जामन्त्री दीपक खड्काले बताए । 

भारतका विद्युत् मन्त्री मनोहर लाल खट्टरसँगको सहमतिअनुसार ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत रातिको समयमा थप विद्युत् आयात गर्न सकिने भएको खड्काले बताए। यसबाट नेपालमा सुख्खा मौसममा देखिएको ऊर्जा अभावलाई सहज बनाउन मद्दत पुग्ने उनको भनाइ छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको कूटनीतिक प्रयासका कारण नेपालले यो महत्त्वपूर्ण ऊर्जा सहयोग प्राप्त गर्न सफल भएको बताइएको छ। नेपालले आगामी दिनमा थप विद्युत् आयातका लागि स्वीकृति प्राप्त गर्ने अपेक्षा राखेको पनि उनले बताए ।

सरकारले देशभर २४ सै घण्टा अविच्छिन्न विद्युत् आपूर्ति गर्ने लक्ष्य लिएको छ। यसक्रममा कुनै पनि प्रकारका लोडसेडिङसम्बन्धी हल्लामा नफस्न  सरकारले आग्रह गरेको हो । 

कमेन्ट गर्नुहोस्