राजावादीहरू बानेश्वरतिर प्रवेश गर्न खोजेपछि तीनकुनेमा प्रहरीसँग झडप भएको छ ।
नवराज सुवेदी, दुर्गा प्रसाईंलगायत समूहको नेतृत्वमा भएको प्रदर्शन तनावपूर्ण बनेको हो ।

प्रदशर्नकारीहरू जबर्जस्ती निषेधित क्षेत्रतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
त्यसक्रममा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ ।
सरकारले राजावादीलाई प्रदर्शनका लागि तीनकुने क्षेत्र तोकेको थियो ।
